Heros fire control at Durbarmarg

Heroes of Yesterday’s Fire Control at Durbarmarg: Buddhi Bdr. Khadka & Badri Prasad Adhikari continued their work at the top of the ladder (which was 5-6 storey tall) near the building even during multiple Gas cylinder blasts, risking their lives and still being the bravest ❤️ ? #Respect

Pic. Shree Gurung copied routine of nepal banda

October 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
https://www.facebook.com/295424491332888/posts/371981803677156/
।।उसु खेलाडीलाई सम्मान तथा बिदाई ।।

।।उसु खेलाडीलाई सम्मान तथा बिदाई ।।
चार्मिङ फिट्नेश एण्ड डान्स स्टुडीयाे प्राङ्गणमा नेपाल भाेलिन्टियर उसु कमिटिकाे पहलमा ललितपुर जिल्ला उसु संघकाे संयाेजकत्वमा अाज १५अाै विश्व उसु च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई सम्मान तथा विदाई कार्यक्रम समापन गरियाे।

उक्त कार्यक्रममा प्रिन्ट एक्सप्रेशका प्राेप्राईटर श्री अजय महर्जन ज्युले खेलाडी तथा अफिसियलहरुलाई टि-सर्ट प्रदान गर्नु भयाे सथै हरिसिद्धि उसु क्वानका सस्थापक प्रशिक्षक श्री रामगाेपाल महर्जन ज्युले सहभागी खेलाडीहरुलाई जुत्ता प्रदान गर्नु भयाे । त्यसैगरी भक्तपुर जिल्ला उसु संघका अध्यक्ष श्री शुभराम मुनंकर्मी ज्युले भक्तपुर जिल्लाबाट सहभागी हुने खेलाडीलाई नगद रु ५०००/- ब्यक्तिगत तर्फबाट सहयाेग प्रदान गर्नु भयाे ।

उक्त कार्यक्रममा नेपाल उसु महासंघका उपाध्यक्ष श्री राजिव महर्जन तथा भाेलिन्टियर उसु कमिटिका संयाेजक श्री मन्जुर महर्जनले सम्पुर्ण खेलाडीहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्नु भयाे ।।

Subscribe channel

सिन्धुपाल्चोकमा बस दुर्घटना

मृतकको संख्या १४ पुग्यो, ४० भन्दा बढी घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो, ४० भन्दा बढी घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो, ४० भन्दा बढी घाइते

#काभ्रे : इन्द्रावती गाउँपालिका १० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो।
सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सातजनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए।


बस भोटसिपाको तिखुमोडबाट करिब दुई सय मिटर तल खसेको डीएसपी माधव काफ्लेले जानकारी दिए। मृतक १४ जनाकै सनाखत भएको छ।
इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका विनोद लम्साल, इन्द्रवती १० ऋदेश आचार्य, चालक काभ्रे बनेपाका केदार महाजु पाँचखालकी संगीता फुर्कोटीको घटनास्थलमै मृत्यु भएको हो।
त्यसैगरी उपचारका लागि अस्पताल लाने क्रममा ठेगाना नखुलेकी समीता श्रेष्ठ, इन्द्रावती ९ की जुनादेवी लम्साल, गणेश तामाङ, सुमित फुर्कटी, मीना मगर र सुवास अधिकारीको मृत्यु भएको हो। धुलिखेल अस्पतालले घाइते दुईजना काठमाडौं न्युरोमा रिफर गरेको छ। अन्य घाइतेको उपचार भइरहेको छ।
बसमा दसैं मनाएर घर फर्किने र घर पुगेर काममा फर्किने यात्रुको खचाखच भएकाले मृतकको संख्या अझ बढ्न सक्ने स्थानीय राजु आचार्यले जानकारी दिए।


घाइतेको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिरहेका छन्। घाइतेको एम्बुलेन्स र हेलिकप्टरबाट उद्धार भएको इन्द्रावती गाउँपालिका १० का वडाअध्यक्ष जीवन थापामगरले जानकारी दिए !!!

विश्वकप छनोट : नेपालको 0 गोल अस्ट्रेलियाको 5

फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०१३ को छनोट प्रतियोगितामा घरेलु टोली अस्ट्रेलियाले नेपाललाई ५—० गोलको फराकिलो अन्तरले पराजित गरेकाे छ।

अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित जियो रंगशालामा खेलिएको एकपक्षीय खेलमा प्रारम्भदेखि नै घरेलु टोलीले नेपाललाई दबाबमा राखेको थियो।

घरेलु टोलीका प्रशिक्षक ग्राहम आर्नोल्डले अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा भने झैं खेलको सुरुदेखि नै अस्ट्रेलियाले नेपालविरुद्ध आक्रामक रणनीति अंगालेको थियो।

आफ्नो पहिलो छनोट खेलमा नेपाली टोलीविरुद्ध कुवेतले सात गोल गरेकाले पनि अस्ट्रेलिया अझ बढी गोल गर्न आतुर देखिन्थ्यो।

अस्ट्रेलियाका लागि छैटौं मिनेटमै जेमी म्याकलरेनले पहिलो गोल गरे।

त्यसअघि खेलको पहिलो मिनेटमा रञ्जित धिमालले दिएको ब्याक पासलाई गोलरक्षक किरन चेम्जोङले क्लियर गर्न खोज्दा बल रिबाउन्ड भई नेपाली टोली गोल खानबाट जोगिएको थियो।

पाँचौं मिनेटमा पनि अस्ट्रेलियन खेलाडीको प्रहारलाई नेपाली टोलीका गोलरक्षक किरणले उत्कृष्ट बचाउ गरेका थिए ।

नेपाली टोलीका स्विडिस प्रशिक्षक योहान कालिनले सुरुमा दुई प्रभावशाली खेलाडी नवयुग श्रेष्ठ र विमल घर्तीमगरलाई मैदानमा ओरालेका थिएनन्।

Nepal vs Australia

[fitsoft-code control=’class’/]
Translate »