विश्वकप छनोट : नेपालको 0 गोल अस्ट्रेलियाको 5

maxresdefault-1-1-1024x576 विश्वकप छनोट : नेपालको   0 गोल अस्ट्रेलियाको 5
twitter विश्वकप छनोट : नेपालको   0 गोल अस्ट्रेलियाको 5
1570705219nepal_lost_n विश्वकप छनोट : नेपालको   0 गोल अस्ट्रेलियाको 5

फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०१३ को छनोट प्रतियोगितामा घरेलु टोली अस्ट्रेलियाले नेपाललाई ५—० गोलको फराकिलो अन्तरले पराजित गरेकाे छ।

अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित जियो रंगशालामा खेलिएको एकपक्षीय खेलमा प्रारम्भदेखि नै घरेलु टोलीले नेपाललाई दबाबमा राखेको थियो।

घरेलु टोलीका प्रशिक्षक ग्राहम आर्नोल्डले अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा भने झैं खेलको सुरुदेखि नै अस्ट्रेलियाले नेपालविरुद्ध आक्रामक रणनीति अंगालेको थियो।

आफ्नो पहिलो छनोट खेलमा नेपाली टोलीविरुद्ध कुवेतले सात गोल गरेकाले पनि अस्ट्रेलिया अझ बढी गोल गर्न आतुर देखिन्थ्यो।

अस्ट्रेलियाका लागि छैटौं मिनेटमै जेमी म्याकलरेनले पहिलो गोल गरे।

त्यसअघि खेलको पहिलो मिनेटमा रञ्जित धिमालले दिएको ब्याक पासलाई गोलरक्षक किरन चेम्जोङले क्लियर गर्न खोज्दा बल रिबाउन्ड भई नेपाली टोली गोल खानबाट जोगिएको थियो।

पाँचौं मिनेटमा पनि अस्ट्रेलियन खेलाडीको प्रहारलाई नेपाली टोलीका गोलरक्षक किरणले उत्कृष्ट बचाउ गरेका थिए ।

नेपाली टोलीका स्विडिस प्रशिक्षक योहान कालिनले सुरुमा दुई प्रभावशाली खेलाडी नवयुग श्रेष्ठ र विमल घर्तीमगरलाई मैदानमा ओरालेका थिएनन्।

final-logo01-991x1024 विश्वकप छनोट : नेपालको   0 गोल अस्ट्रेलियाको 5

Nepal vs Australia

[fitsoft-code control=’class’/]
Please follow and like us: