खेलाडीहरुलाई पाेशाक बितरण

हरिसिद्धि उसु क्वानकाे हलमा हरिसिद्धि उसु क्वानका प्रशिक्षक राम गाेपाल महर्जन ज्युकाे सभापतित्वमा विजया दशमीकाे शुभकामना आदानप्रदान तथा नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगितामा ललितपुर जिल्लाबाट उसु खेलमा छनाैट हुन सफल खेलाडीहरुलाई पाेशाक बितरण गर्ने कार्यक्रममा सम्पन्न भएकाे छ।

 कार्यक्रमका प्रमुख अतिथि प्रेरणा विद्याश्रमका प्रधानाध्यापक श्री हिरा बहादुर महर्जन ज्युले विद्यालयकाे तर्फबाट ललितपुर जिल्लाका उसु खेलाडी तथा प्रशिक्षकहरुलाई पाेशाक वितरण गर्नु भयाे साथै छनाैट भएका खेलाडीहरुलाई शुभकामना दिदै अध्यनरत खेलाडीहरुलाई स्कलरसिपकाे व्यवस्था गरिदेने बताउनु भयाे । छनाैट भएका खेलाडीहरु मध्य उक्त बिद्यालय का खेलाडी हरुले नवाैं राष्ट्रिय खेलमा पदक लिईएमा बिद्यालयकाे तर्फबाट नगद पुरस्कारले सम्मान गर्ने बताउनु भयाे। 

प्रमुख अतिथि प्रेरणा विद्याश्रमका प्रधानाध्यापक श्री हिरा बहादुर महर्ज

कार्यक्रममा विषेश अतिथिकाे रुपमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनाेद महर्जन तथा ललितपुर महानगरपालिकाका वडा नं. २८ र २९ का वडा अध्यक्ष विरेन्द्र महर्जन र गणेश कुमार महर्जन रहनु भएकाे थियाे। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा वडा अध्यक्ष ज्युहरुले खेलकुदकाे विकास, प्रवर्द्धन, विस्तार तथा खेलाडीहरुकाे हाैसला वृद्धिका लागि सधै लागि पर्ने बताउनु भयाे। साथै २८ नं. वडा अध्यक्षले राष्ट्रिय खेलकुदमा उत्कृष्ट नतिजा लेराउने ललितपुरका उसु खेलाडीहरुलाई वडाकाे तर्फबाट विशेष सम्मान गर्ने घाेशणा गर्नु भयाे। 

कार्यक्रमका सभापति तथा हरिसिद्धि उसु क्वानका प्रशिक्षक राम गाेपाल महर्जन ज्युले हिन्दुहरुकाे महानचाड पिजया दशमीकाे शुभकामना सहित नवाैं राष्ट्रिय खेलकुदमा सहभागि ललितपुर जिल्लाका उसु खेलाडीहरु

स्नेहा महर्जन, माेनिका स्याङ्गतान,विवेक मण्डल, विपन थापा, अर्जुन तामाङ, अनिश परियार,विदेश श्रेष्ठ तथा प्रशिक्षक मन्जुर महर्जनलाई विदाई समेत गर्नु भयाे। 

No Comment Yet

Leave a Reply

Your email address will not be published. Required fields are marked *